ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत् । ॐ शान्तिः शान्तिः शान्तिः ॥

Banner Image
Banner Image
Banner Image

About NBKS

Nepali Bhajan Kirtan Samuha (NBKS INC) is a non-profit community organization. Our aim is to promote unity, cultural preservation, and overall well-being among our members.

Our Goal is to create a strong and connected community, fostering a sense of belonging and support.

Our Recent Events

Maha Shivaratri Vrat Puja and Bhajan Kirtan Program - 2026

आराध्यदेव पशुपतिनाथको कृपा शिरमा राखि देवभुमी नेपालबाट प्रवासमा रहनु हुने सबैलाई आशिर्वादको कामना सहित यहि आऊँदो महाशिवरात्रीका अवसरमा विगत वर्षहरु झै यस वर्षपनि नेपाली भजन कीर्तन समुह एडिलेडले विशेष कार्यक्रमको आयोजना गर्दै छ। यसपटकको कार्यक्रममा शिवरात्री महिमा एवं संकीर्तन कार्यक्रम हुने भएकाले संपुर्ण जनहरुमा उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौं।

Annual General Meeting 2026

Annual General Meeting (AGM) – General Information

The Annual General Meeting (AGM) of Nepali Bhajan Kirtan Samuha Adelaide is a key gathering of members to review the organisation’s progress, discuss future plans, and elect the new management committee.

The AGM provides an open forum for members to:

  • Receive reports on the organisation’s activities and achievements

  • Review financial and administrative matters

  • Participate in important decision-making processes

  • Contribute ideas and feedback for future programs

  • Support the formation of the new committee

  • Nominate or volunteer for leadership roles

All members are encouraged to attend and take an active part in shaping the future direction of the organisation. Community participation and collaboration are central to the continued growth and success of Nepali Bhajan Kirtan Samuha Adelaide.

Your involvement helps strengthen our shared values of service, unity, and cultural preservation within the community.

Our Blog

🙏श्रीकृष्ण जन्माष्टमीको महत्व !🙏

यस ब्रह्माण्डको कहाँ पुगेर अन्त्य भएको छ ? भन्ने तथ्य अहिलेसम्म कहिँ पनि फेला पर्न सकेको छैन ! यो विषय रहस्यमय बन्न पुगेको छ ! खगोल र भूगोलमा अवस्थित ग्रह,नक्षत्र,तारा,सुर्य,चन्द्रमा,समुन्द्र,पर्वत,लोकालोक,आकाश,वायु,जलआदि तत्वहरु को द्वारा रचना गरियो ? यी र यस्ता हज्जारौं प्रश्नहरुको एउटै उत्तर नै योगेश्वर श्रीकृष्ण हुनुहुन्छ ! 

मया$ध्यक्षेण प्रकृति: सुयते सचराचरम !
हेतुना$नेन कौन्तेय जगद्विपरिवर्तते !!
               गिता ९/१० 

यो भौतिक जगतको (कार्यकारी) अध्यक्ष नै श्रीकृष्ण हुनुहुन्छ ! अनेकौं  दैविक प्रकोपहरुको कारण पनि श्रीकृष्ण नै हुनुहुन्छ ! 

पृथ्वीमा जन्म लिने हर प्राणीहरुले बाच्नको लागि प्रकृतिको सहारा लिनुपर्छ ! हाम्रो शरीर पन्चतत्व ( पन्चमहाभुत ) सङ्ग सम्बन्धित छ ! यी महाभुत पनि श्रीकृष्णकै अधिनमा छन ! 

यथा महान्ति भूतानि भूतेषुच्चावचेष्वनु !
प्रविष्टान्यप्रविष्टानि तथा तेषु न तेष्वहम !!
              भा.२/९/३४ 

यो सारा ब्रह्माण्ड श्रीकृष्णकै अधिनमा छ ! यसभित्र रहने सम्पुर्ण मानव प्राणीहरु पनि उहाँकै अधिनमा छौँ ! 

सो$हं विश्वसृजं विश्वमविश्वम विश्ववेदसम !
विश्वात्मानमजं ब्रह्मा प्रणतो$स्मि परं पदम !! 
               भा. ८/३/२६

श्रीकृष्ण विश्वरुप हुनुहुन्छ अर्थात् विश्व नै उहाँकै स्वरुप हो ! जहिलेसम्म भगवान श्रीकृष्ण खुशी रहनुहुन्छ तबसम्म यो ब्रह्माण्ड रहन्छ अनि यहाँ रहने सम्पुर्ण मानीसहरु खुशी रहन्छन ! उहाँलाई जसले दुखी बनाउँछ उ कहिल्यै खुशी रहन सक्दैन ! संसारलाई खुशी राख्न श्रीकृष्णलाई प्रसन्न बनाउनु पर्छ ! 
हाम्रो पुर्वीय दर्शन , वेद शास्त्र र अध्यात्म ज्ञानले श्रीकृष्णलाई खुशी तुल्याउन सत्य, प्रेम, दया, करुणा, स्वधर्मपालन, स्वाध्ययन, आत्मचिन्तन, शास्त्रचिन्तन, सेवादी जस्ता सदाचारको पालना गर्नुपर्छ भनेर बताएका छन !

''श्रीकृष्ण जन्माष्टमि'' श्रीकृष्णजिको सबैभन्दा प्रिय दिन हो ! यो दिनमा सम्पुर्ण मानव समुदायमा उहाँको दृष्टि पर्ने भएकाले ज-जसले उहाँको नाममा व्रतोपासना, भजन-कीर्तन , सत्सङ्ग, प्रवचन श्रवण, भागवतको दशम:स्कन्ध: पाठ पारायण गर्दछन भने उनीहरुलाई अलौकिक भक्ती प्राप्ति हुन्छ ! भक्ती यस्तो तत्व हो जसमा ब्रह्माण्डको सम्पुर्ण सुख-शान्ति यसैमा विद्यमान रहेकोे हुन्छ !

'' सर्वाङ्ग कर शान्ति इति कृष्ण ''
 
कृष्णको अर्थ कालो र आकर्षक हो ! 
जस्तै कालो रङभित्र सम्पुर्ण रङहरु हराउँछ, त्यस्तै कृष्णभित्र संसारकै खुशीका रङ्गहरु लुकेर बसेको छ ! 
यस दिन उपासना गर्ने भक्तहरुलाइ भगवान श्रीकृष्णजिले सुख,शान्ति,खुशी,भाग्य,आयु,यश,कृति,विद्या,धन,ऐश्वर्य,पद-प्रतिस्ठा प्रदान गर्नुहुन्छ ! सम्पुर्ण आध्यात्मिक,दैविक र भौतिक ताप हरुलाई नस्ट   पार्नुहुन्छ ! 

''श्रीकृष्ण जन्माष्टमी'' सिमित भूगोल र समुदायको मात्रै नभै चराचर जगतका मानव,पशुपंक्षि, जीव-जनावर, सरिसृप,तृण लगायतका भगवानका सृष्टिभित्र पर्ने सम्पुर्णको साझा सास्कृतिक पर्व हो !
 यस दिन व्रतोपासना , भजन-किर्तन गर्नाले विद्यार्थीहरुलाई विद्या , निर्धनहरुलाई धन , निसन्तान दम्पतीहरुलाई सन्तान , व्यापारीको वाणिज्य वृद्धि , नारीहरुलाई सौभाग्य , दम्पतीमा प्रेम , घरपरिवारमा सुख शान्ति र समृद्धि प्राप्ति हुन्छ !

यस दिन सकेसम्म धेरै भन्दा धेरै बालबालिकालाई सहभागी गराइ उनैद्वारा पुजा , आराधना , बन्दना , स्तुति गर्न लगाउनु पर्दछ ! जसले गर्दा उनीहरूमा नैतिक संस्कार , क्षमता , दक्षता, तार्किक शक्ति , भक्ती,प्रेम,करुणा जस्ता सदगुणको विकास हुन्छ ! 

"श्रीकृष्ण जन्माष्टमी'' हिन्दु सनातानीले मात्रै नभै सम्पुर्ण विश्व समुदायले मनाउन आवस्यक पर्व हो ! यस किसिमको महिमालाइ स्वीकार गर्ने , अपनाउने हरकोही मानीसहरुमा उर्जा , सकारात्मक सोच , निर्णायक क्षमताको वृद्धि र 
"वसुधैव कुटुम्बकम" 
अर्थात् यो पुरै विश्व मानव समुदायका मानवहरु हाम्रा आफन्त हुन ! 
" दया सर्वत्र कर्तव्या" सबैप्रती दया राख्नु मेरो कर्तव्य हो भन्ने भावको बोध गराउँछ ! 
समुदायलाई आध्यात्मिक , नैतिकवान , चरित्रवान बनाइ सिङ्गो विश्वमै शान्ति स्थापना गराउन उत्प्रेरित गर्ने दिन नै "श्रीकृष्ण जन्माष्टमी" हो ! 
🙏राधे राधे🙏
🌹जय श्रीकृष्ण🌹

व्यासाचार्य भुवन गुरु ज्यु! 
Vyasacharya Bhuwan Guru

Subscribe To Newsletter

About NBKS

Nepal Bhajan Kirtan Samuha (NBKS INC) is a non-profit community organization. Our aim is to promote unity, cultural preservation, and overall well-being among our members.

Quick Links

Contact NBKS

14 Lincoln Avenue Plympton SA 5038

Copyright © 2026 Nepali Bhajan Kirtan Samuha. All rights reserved

Powered by Bitmap I.T. Solution Pvt. Ltd.